Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दक्षिण कोरिया विमान दुर्घटना : १७९ जनाको मृत्यु, चालक दलका दुई सदस्यको उद्धार

दक्षिण कोरिया विमान दुर्घटना : १७९ जनाको मृत्यु, चालक दलका दुई सदस्यको उद्धार

इच्छाकामना न्युज

१४, पौष २०८१
दक्षिण कोरिया विमान दुर्घटना : १७९ जनाको मृत्यु, चालक दलका दुई सदस्यको उद्धार

सोल । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु भएको छ ।

images

१८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण-पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार बिहान स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त विमानबाट चालक दलका दुई सदस्यको भने जीवितै उद्धार गरिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

विमानमा १७३ दक्षिण कोरियाली र २ थाइल्याण्डका नागरिकसहित १७५ यात्रु र चालक दलका ६ सदस्य थिए । स्थानीय टेलीभिजनले प्रशारण गरेको एउटा फुटेजमा बोइङ ७३७–८०० विमानबाट कालो धुवाँको मुस्लो निस्केको देखिन्छ । अर्को फुटेजमा विमानको दायाँ पखेटामा रहेको इन्जिनमा अवतरण गर्नुअघि आगोको ज्वालासहितको धुवाँ निस्किरहेको देखिएको छ ।

अग्नि नियन्त्रक अधिकारीहरूले चरा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् । पहिलो अवतरण प्रयासपछि, विमान अवतरण गियरको अनुमानित खराबीको कारण विमानले पुनः आकाशमा फर्किएको र दोस्रो अवतरण प्रयास ‘बेली–ल्यान्डिंग’को साथ गरिएको थियो । यातायात मन्त्रालयले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन समय लाग्न सक्ने बताएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - २२:३२:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology