Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन

इच्छाकामना न्युज

१५, पौष २०८१
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन

जर्जिया । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियामा रहेको आफ्नै घरमा निधन भएको बीबीसीले जनाएको छ ।

images

कार्टरको निधनप्रति नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सिङ्गो अमेरिका कार्टरप्रति ऋणि रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । यस्तै, कार्टरलाई सम्झिँदै पूर्व राष्ट्रपति बिल क्लिन्टनले कार्टर अरुको सेवाका लागि जीउने मान्छे भएको बताउनुभएको छ ।

कार्टरले सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल राष्ट्रपतिका रुपमा ह्वाइटहाउसमा हुनुहुन्थ्यो । उहाँ अमेरिकाको ३९औँ राष्ट्रपति हुनुहुन्थ्यो ।

कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु जीवित रहने राष्ट्रपति बन्नुभएको छ । उहाँको एक सामान्य किसानबाट राष्ट्रपतिसम्मको यात्राबारे चर्चा भइरहेको खबरमा उल्लेख छ ।

राष्ट्रपतिको कार्यकाल पछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवर्द्धन गतिविधिहरूमा समर्पित गरेर  सन् १९८२ मा कार्टर फाउन्डेसन स्थापना गर्नुभएको थियो ।

फाउन्डेसन मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो । यही कामले उहाँलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलाएको थियो ।

images
प्रकाशित मिति :पौष १५, २०८१ सोमवार - ११:४३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology