Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनीका गुरुङ समुदायहरु एकै ठाउँमा भेला भई भव्य रुपले तमु ल्होसार मनाए

आँबुखैरेनीका गुरुङ समुदायहरु एकै ठाउँमा भेला भई भव्य रुपले तमु ल्होसार मनाए

images

इच्छाकामना न्युज

१६, पौष २०८१
आँबुखैरेनीका गुरुङ समुदायहरु एकै ठाउँमा भेला भई भव्य रुपले तमु ल्होसार मनाए
images
आँबुखैरेनी, १६ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिका भित्र रहेका गुरुङ समुदायले सोमबार तमु ल्होसार–२०८१ भव्य रुपले मनाएका छन । आँबुखैरेनी–३, शिवालय मन्दिर र गुम्बाको प्राङ्गणमा वडा १ देखि ६ सम्मका तमु समाज, सबै टोल बस्तिका गुरुङ समुदायहरु एकै ठाउँमा भेला भएर तमु ल्होसार पर्व भव्य रुपले मनाएका हुन ।
471858091_1648794165990377_4443142195431861309_n.jpg
तमु समुदायको मौलिक पहिरन, कला संस्कृती झल्किने भेषभुषा सहितको ¥याली आँबुखैरेनी मिलनचोकबाट सुरु भई कार्यक्रम स्थल शिवालय मन्दिर र गुम्बाको प्राङ्गणमा पुगि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । तमु ह्युल छोंज दी (गुरुङ्ग राष्ट्रिय परिषद) आँबुखैरेनी इकाई समितीको आयोजनामा आयोजित उक्त कार्यक्रममा तमु समुदायको मौलिक पहिरन, कला संस्कृती झल्किने विविध साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
471949605_1648795375990256_2195593888935645782_n.jpg
साथै, आँबुखैरेनी बौंद्ध गुम्बामा लामा गुरुबाट ग्रह फाल्ने र ग्याप्री गुरुबाट रिपु धागो लगाउने तथा गुम्बाका लम श्री रप्तेन लम गुरुङ्ग, तमु खेगी पच्यु गुरु दिपक तमु, खेगी घ्याप्रि गुरु पृथ बहादुर तमुद्धारा शुभकामना आशिर्वाद श्लोगन प्रस्तुत गरिएको थियो ।
471951005_1648795589323568_4312774195644383299_n.jpg
तमु ह्युल छोंज दी (गुरुङ्ग राष्ट्रिय परिषद) आँबुखैरेनी इकाई समितीका अध्यक्ष पूर्ण बहादुर गुरुङको सभापतित्व तथा तमु ह्युल छोंज दी (गुरुङ्ग राष्ट्रिय परिषद) केन्द्रिय सदस्य हिमाल तमुको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर तमु, आँबुखैरेनी गाउँपालिका निवर्तमान अध्यक्ष गिर बहादुर थापा, नेपाल आदीवासी जनजाती आँबुखैरेनी गाउँ कार्य समितीका पुर्व अध्यक्ष एवंम वडा नं. ४ का वडाध्यक्ष मिलन भूजेल, तमु ह्युल छोंज दी (गुरुङ्ग राष्ट्रिय परिषद) आँबुखैरेनी इकाई समितीका निवर्तमा अध्यक्ष काजी कुमार तमु, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख टेक प्रसाद सुवेदी, बौंद्ध सदन आँबुखैरेनी गुम्बाका अध्यक्ष कृष्णमान तामाङ्ग, आँबुखैरेनी संस्कृती संरक्षण मञ्चका अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपाल मगर संघ आँबुखैरेनी इकाई समितीका अध्यक्ष कटक बहादुर थापा लगाएतकाले मन्तव्य राख्नुभएको तमु ह्युल छोंज दी (गुरुङ्ग राष्ट्रिय परिषद) आँबुखैरेनी इकाई समितीका सदस्य पृथ्वी बहादुर गुरुङले जानकारी दिए ।
471857465_1648798022656658_45903734634021085_n.jpg471857383_1648795059323621_3789513365044137819_n.jpg

images
प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - २१:०२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology