Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

देवघाटमा लाग्ने माघे संक्रान्ति मेलालाई व्यवस्थित बनाईने

देवघाटमा लाग्ने माघे संक्रान्ति मेलालाई व्यवस्थित बनाईने

images

इच्छाकामना न्युज

१६, पौष २०८१
देवघाटमा लाग्ने माघे संक्रान्ति मेलालाई व्यवस्थित बनाईने
images

देवघाट, पुस १६

देवघाटमा लाग्ने माघे सक्रान्ति मेलालाई यसवर्ष भव्य र व्यवस्थित बनाईने भएको छ । देवघाट क्षेत्र विकास समितिको आह्वानमा मेला तयारी सम्बन्धमा मंगलबार बसेको सर्वपक्षीय बैठकले मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा देवघाटको महिमा र पहिचानको उजागर गर्ने हुँदा मेलालाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिईएको थियो ।

बैठकमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सबैसँग समन्वय गरि मेलालाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए । उनले माघे संक्रान्ति मेला देवघाटको गरिमासँग जोडिएको हुँदा उक्त मेलाको भव्य व्यवस्थापनले नै देवघाटको महत्व झल्कने बताए । मेलामा लाखौं भक्तजनको उपस्थिति हुने हुदा शान्ति सुरक्षालाई सबैभन्दा बढि महत्व दिनुपर्ने अध्यक्ष थापाको भनाई थियो । माघे सक्रान्ति मेला मात्र नभई देवघाटमा लाग्ने हरेक मेला र पर्वलाई व्यवस्थित बनाउनुपर्ने अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले देवघाटधाम तिनवटा जिल्लाको तिनवटा स्थानीय तहमा पर्ने हुदा, यसक्षेत्रमा लाग्ने मेला महोत्सवमा पनि तिनवटै स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । देवघाट क्षेत्र विकास समितिले पनि माघे सक्रान्ती मेलालाई मात्रै महत्व दिएको भन्दै अध्यक्ष थापाले देवघाटमा सबै महिना यस्तै महत्वका मेलाहरु लाग्ने गरेको बताए । ती मेला महोत्सवलाई पनि क्षेत्र विकासले महत्व दिनुपर्ने अध्यक्ष थापाको भनाई थियो । माघे सक्रान्ती मेला लाग्ने बेणी संगममा सौचालय र खानेपानीको अभाव रहेको र यसले मेलाकै गरिमा घट्ने भएको हुदा क्षेत्र विकासले मेलाको पुर्वाधार निर्माणमा पनि ध्यान दिनुपर्ने अध्यक्ष थापाले बताए ।

देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले देवघाटमा लाग्ने माघे संक्रान्ति मेला ऐतिहाँसिक र पवित्र मेला भएको बताए । माघ महिनाभर देवघाटमा आई स्नान गरेमा पुण्य प्राप्त हुने विश्वास रहेको भन्दै उनले अझ विशेषगरि माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नुको आफ्नै महत्व रहेको बताए । यस वर्ष आदि प्रयाग महकुम्भको योग परेको हुँदा यस वर्ष विगतमा भन्दा धेरै भक्तजन देवघाट आउने पौडेलले बताए । देवघाटको मेला र मांस मदिरा एकै ठाउँमा रहन नसक्ने भन्दै मेला अवधिभर देवघाटमा मांस मदिरालाई कडाईका साथ नियन्त्रण गर्नु पर्ने पौडेलले बताए ।

देवघाटधाममा वर्षाैंदेखि लाग्दै आइरहेको माघे संक्रान्ति मेलामा टाढा टाढा देखि धेरै भक्तजनहरु आउने र स्नान गर्ने प्रचलन रहि आएको हुदाँ मेलाको क्रममा यहाँ आउने भक्तजनहरुको सेवा सुबिधा, सुरक्षा तथा यसक्षेत्रका बासिन्दाको पनि सर्वोपरी हित हेर्नुपर्ने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।

बैठकले मेला सन्चालनको लागि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाको संयोजकत्वमा १५१ सदस्यिय मुल समारोह समिति गठन गरेको छ । साथै विभिन्न उपसमितिहरु पनि गठन गरिएका छन् । गठित उपसमितिहरुमा स्वंयमसेवक परिचालन उप–समिति, धुनी ब्यबस्थापन उप–समिति, बजार ब्यबस्थापन, सरसफाई तथा अस्थायी शौचालय व्यस्थापन उप–समिति, खानेपानि व्यवस्थापन उपसमिति, प्राथमीक स्वास्थ्य उपचार उपसमिति, सडक बत्ती व्यस्थापन उप–समिति, आकस्मिक उद्दार एवं स्नानघाट सुरक्षा ब्यावस्थापन उपसमिति, मेला व्यवस्थापन मुल समिती सचिवालय समिति, सुचना सन्चार एवं प्रचार प्रसार उप–समिति, मेला सुरक्षा व्यबस्थापन उपसमिति, रुट निर्धारण उपसमिति, सडक मर्मत तथा सम्भार उपसमिति, बिघुत नियमित आपुर्ती उपसमिति, डुङ्गा एवम् घाट ब्यबस्थापन उपसमिती, मेला अनुगमन तथा मूल्यांकन उपसमिति तथा पार्किङ उपसमिति रहेका छन् । त्यस्तै क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलको संयोजकत्वमा मेला अनुगमन समिति पनि गठन गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका सदस्य प्रेमराज सापकोटाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय अगुवा बलबहादुर क्षेत्री, देवघाट सामाजिक संयन्त्रका सचिव सान श्रेष्ठ, देवघाट महिला सन्जालकी उपाध्यक्ष माया शर्मा, सचिव एलिजा अधिकारी क्षेत्री, गलेश्वर आश्रमका व्यवस्थापक महेन्द्र प्याकुरेल, इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख, समाजसेवी रामनाथ मिश्र लगायतले विभिन्न क्षेत्रका सरोकारवालाहरुले मेला व्यवस्थापनकोलागि विभिन्न सुझाव दिएका थिए ।

images
प्रकाशित मिति :पौष १६, २०८१ मंगलवार - २२:४०:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology