Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चुमनुब्रीमा ‘बूढीगण्डकी डुबान पीडित सरोकार समिति’ गठन

चुमनुब्रीमा ‘बूढीगण्डकी डुबान पीडित सरोकार समिति’ गठन

images

इच्छाकामना न्युज

१७, पौष २०८१
चुमनुब्रीमा  ‘बूढीगण्डकी डुबान पीडित सरोकार समिति’ गठन
images

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीका बासिन्दाले ‘बूढीगण्डकी डुबान पीडित सरोकार समिति’ गठन गरेका छन् । निर्माण हुन लागेको ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित हुने सल्लेरीका ३१ घरधुरीका बासिन्दाहरुको मंगलबार सम्पन्न भेलाले समिति गठन गरेको हो ।

भेलाले स्थानीय जीवन गुरुङको संयोजकत्वमा ९ सदस्यीय ‘डुबान पीडित सरोकार समिति’ गठन गरेको भेलामा सहभागी भएका वीरबल घलेले जानकारी दिए । विस्थापित हुने परिवारहरुकोे घरजग्गाको मुआब्जाको टुङ्गो लगाउनेगरी समिति गठन गरिएको घलेले बताए ।

‘समितिले आयोजनासँग आफ्नो घरजग्गाको मुआब्जा टुङ्गो लगाउने काम गर्नेछ’, उनले भने, ‘आयोजना निर्माण गर्दा स्थानीयलाई रोजगारीको प्राथमिकतामा राख्ने र डुवान पीडितहरुलाई निशुल्क सेयरको व्यवस्था मिलाउनुपर्ने माग गर्ने निर्णय समितिले गरेको छ ।’ घर मात्र भएकाहरुलाई पुनर्बासको व्यवस्था मिलाउनुपर्ने मागसहित समिति गठन गरिएको उनले जानकारी दिएका छन् ।
आयोजनाले सल्लेरीको सामुदायिक संरचना ध्वस्त गर्ने भन्दै त्यहाँका स्थानीयहरुले एकिकृत बस्ती निर्माण गरिदिन समेत माग गरेका छन् ।

साहास उर्जा नामक प्राइभेट कम्पनीले धार्चे र चुमनुब्री गाउँपालिकाको साँध सल्लेरी–तातोपानी खण्डमा उक्त जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । सो आयोजना ‘पिकिङ रन अफ दि रिभर’ प्रकृतिको आयोजना हो । यसको मुख्य संरचना बूढीगण्डकी नदीको दायाँ किनारमा रहनेगरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । आयोजनाको दैनिक ५ घण्टाको दरले पिकिङ हुने गरी पोखरी निर्माण गरिनेछ ।

यसको डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेण्ड र कुल हेड ३९८ मिटर रहने अध्ययनले देखाएको छ । बूढीगण्डकी नदीमा बाँध बाँधी खोलाको दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानीलाई फर्काउन आयोजनाको मुख्य संरचना सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुदै विद्युत गृहमा पु¥याउने गरी डिजाइन तयार भएको छ । भूमिगत विद्युत गृहमा ५७ मेगावाटका ६ वटा भर्टिकल एक्सिस पेल्टोक टर्बाइनमार्फत विद्युत उत्पादन हुनेछ ।

आयोजनको सबै काम योजनावद्ध रुपमा अघि बढे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । उत्पादित उर्जालाई करिब ४५ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरी नुवाँकोटको रातामाटे सवस्टेशनमा जोडिनेछ । यसअघि सो आयोजना टाइम्स इनर्जी प्रालिले निर्माणको लाइसेन्स प्राप्त गरी काम अघि बढाइरहेको थियो । सो प्रालिलाई सहास उर्जाले प्राप्ति गरी निर्माणका लागि आन्तरिक गृहकार्यको गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - ११:१४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology