Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बलात्कारको आरोपमा तनहुँ र झापाबाट दुई जना पक्राउ

बलात्कारको आरोपमा तनहुँ र झापाबाट दुई जना पक्राउ

images

इच्छाकामना न्युज

१७, पौष २०८१
बलात्कारको आरोपमा तनहुँ र झापाबाट दुई जना पक्राउ
images

१७ पुस, तनहुँ । तनहुँमा एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । बलात्कार आरोपमा भानु नगरपालिका–१३ चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

निर्मलले ती बालिकालाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी झापामा पनि १८ वर्षीया किशोरी बलात्कारको आरोपमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी डेरा गरी बस्ने भारतको पश्चिम बंगाल हाँसीमारा घर भएका ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

कुमारले ती किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - १४:१०:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology