पाैष १७, भानु | तनहुँकाे भानु नगरपालिकामा भर्खरै सरुवा भई आउनु भएका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीलाई बुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ |
पालुङटार नगरपालिकाबाट सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय भण्डारीलाई नगर प्रमुख आनन्दराज त्रिपाठी, नगर उप-प्रमुख उमा गोतामे, निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुबराज पौडेल लगाएतले स्वागत गर्नु भएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष ईश्वर बहादुर।घिमिरेले जानकारी दिनुभयाे ।
कार्यक्रममा नगर प्रमुख त्रिपाठीले नगरपालिकाकाे काममा चुस्त दुरुस्त राख्दै नागरिककाे सेवा प्रवाह एवं नयाँ सृजनात्मक कार्यको लागि भानु नगरपालिका लागि रहेको बताउनु हुँदै जनप्रतिनिधि र कर्मचारी एक जुट भई आफ्नाे जिम्मेवारी र भूमिका निर्वाह गर्दै समुन्नत र विकसित भानुको लागी सबै लाग्नु पर्ने बताउनु भयो |
उप-प्रमुख उमा गाेतामेले लामाे अनुभव भएकाे कारण पनि भानु नपामा नमूना काम हुनेमा आफू ढुक्क रहेकाे र नगरवासीकाे हितका लागि जनप्रतिनिधि सदैब संवेदनशील रहेकाे बताउनु भयाे । प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले विर्के टोपीको महत्व , भानुभक्तको ऐतिहासिक ,भावनात्मक र विर्के टोपीको मर्म आफुले महसूस गरेकाे भन्दै सवैकाे सहकार्य महत्वपूर्ण रहेको बताउनु भयो |