Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नारायणीको भंगालो नवलपरासीतर्फ फर्काइँदै

नारायणीको भंगालो नवलपरासीतर्फ फर्काइँदै

images

इच्छाकामना न्युज

१८, पौष २०८१
नारायणीको भंगालो नवलपरासीतर्फ फर्काइँदै
images

नवलपरासी पूर्व । चितवन र नवलपरासीको सीमा नदी रहेको नारायणी नदीको बहाव नवलपरासीतर्फ फर्काउने काम सुरु भएको छ । केही वर्षदेखि चितवन तर्फबाट नदीजन्य पदार्थ निकालेका कारण नदीको बहाव चितवनतर्फ मात्रै बगेको छ ।

पूर्वी नवलपरासीको गैंडाकोट, देवचुली , कावासोती र मध्यबिन्दु नगरपालिका हुँदै त्रिवेणीधाम पुग्ने नारायणी नदीमा पानीको बहाव नदेखिएपछि जिल्ला समन्वय समितिको अगुवाइमा बिहीबार नदी उत्तरतर्फ ( नवलपरासीतर्फ ) फर्काउने काम सुरु भएको हो ।

जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका प्रमुख बाबुराम विश्वकर्माले गैंडाकोट नगरपालिका वडा नम्बर-११ स्थित गणेशघाटबाट बिहीबार नवलपरासीतर्फ थुप्रिएको ढुंगा ग्राभेल हटाएर नदीको बहाव फर्काउने काम सुरु भएको बताए । शुक्रबारसम्म पानीको बहाव नवलपरासीतर्फ फर्काउने काम सकिने उनको भनाइ छ ।

पर्यटन व्यवसायी र संरक्षणकर्मीले नारायणीको पानी चितवनतर्फ मात्र एकोहोरिएर बगेका कारण नवलपरासीतर्फका जलचरसमेत संकटमा परेको भन्दै पटक-पटक सरकारको ध्यानाकर्षण गराएका थिए ।

images
प्रकाशित मिति :पौष १८, २०८१ बिहिवार - १५:५६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology