आँबुखैरेनी, १८ पौष । तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनीटारबाट लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।
पृथ्वी राजमार्ग सडक–खण्डको बेनीटारमा चेकजाँचका क्रममा रसुवा जिल्ला उतरगया गाउँपालिका– २ घर भई हाल गोरखा नगरपालिका –६ बस्ने बर्ष २२ का सर्बजित तामाङलाई लागु औषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
पक्राउ परेका तामाङ्गले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल २ सय १० पत्तामा २१०० क्याप्सुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिए ।
उक्त घट्नाबारे आवश्यक थप अनुसन्धान भैरहेको प्रहरीको भनाई रहेको छ ।