Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इजरायलले गाजामा गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जनाको ज्यान गयो

इजरायलले गाजामा गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जनाको ज्यान गयो

इच्छाकामना न्युज

१९, पौष २०८१
इजरायलले गाजामा गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जनाको ज्यान गयो
images

 इजरायल । दक्षिणी गाजामा इजरायलले गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ जना प्यालेस्टिनीको ज्यान गएको छ ।

images
images

गाजामा हमासले सञ्चालन गरेको प्रहरी बलका प्रमुख तीन जना बालबालिका र दुई जना महिलासहित ११ जनाको ज्यान गएको हो । इजरायली सेनाले खान युनिसको पश्चिममा रहेको अल–मावासीमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

हमासको आन्तरिक मन्त्रालयले प्रहरी महानिर्देशक महमुद सलाह र उहाँका सहयोगी हसम शाहवानले मानवीय र राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको समयमा आक्रमण भएको दाबी गरेको छ । यो आक्रमण उनीहरुलाई लक्षित गरेर योजनाबद्ध हत्या भएको हमासको आरोप छ ।

इजरायली सेनाले भने उनीहरुले  गाजामा आफूहरुमाथि हमासको सैन्य शाखाको योजना बनाउन मद्दत गरेको आरोप लगाएको छ ।

गाजामा सन् २०२३ , अक्टोबर ७ देखि अहिलेसम्म ४५ हजार पाँच सय ८० भन्दा धेरै मानिस मारिएका गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

images
प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - ०८:३२:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology