Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

images

इच्छाकामना न्युज

१९, पौष २०८१
खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग
images

तनहुँ, पुस १९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । 

नेपाली सेनाको श्री नम्बर ३ वाहिनी अड्डाले प्रयोग गरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा इलाका प्रशासन कार्यालय स्थापनाका लागि उपलब्ध गराउन रक्षामन्त्री मानवीर राईसमक्ष अनुरोध गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य  शङ्कर भण्डारीको नेतृत्वमा तनहुँका जनप्रतिनिधिले मन्त्री राईलाई भेटी इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो । 

तनहुँको दक्षिणी तथा पश्चिम भेगका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापना गरी सहज गरिदिन माग गरिएको थियो । जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा गरी सङ्णीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो । तनहुँमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन टाढा धाउनु पर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि गृहमन्त्रीलाई भेट गरिएको सांसद भण्डारीले बताउनुभयो । 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जनतालाई सेवा लिन आउन समस्या भइरहेकाले इलाका प्रशासन कार्यालयको आवश्यकता खड्किएकोले इलाका प्रशासन कार्यालय स्थापना गर्न माग राखिएको बताउनुभयो । 

पण्डितले बिहीबार रक्षामन्त्रीका साथै प्रधान सेनापतिलाई भेटि माग राखिएको र प्रधानमन्त्रीलाई भेट्ने तयारी भइरहेको बताउनुभयो । भेटमा मन्त्री राईले यसबारेमा थप छलफल गरी मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रतिबद्धता जनाउनुभएको थियो । 

जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका केही वडाका बासिन्दालाई सहजरुपमा सेवा प्रवाह गर्न खैरेनीटामा इलाका प्रशासन कार्यालय आवश्यक नगर प्रमुख पण्डितको भनाइ छ ।

images
प्रकाशित मिति :पौष १९, २०८१ शुक्रवार - २०:५५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology