चितवन, ५ फागुन । प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको अध्यक्षमा पार्वती रावल (दिल कुमारी) र सचिवमा प्रकाश खनाल (शैलेस) चयन भएका छन । नेकपा ओली पक्षको आज भरतपुरमा बसेको बैठकले यस अगाडीका अध्यक्ष र सचिबलाई जिम्मेवारी मुक्त गरि रावल र खनाललाई सो जिम्मेवारी दिईएको हो।
नेकपा प्रदेश कमिटी अध्यक्ष आनन्द पोख्ररेल तथा प्रदेश सह–इन्चार्ज काशीनाथ अधिकारी सहितको उपस्थितिमा भएको सो बैठकले जिम्मेवारी प्रदान गरेको नेकपा प्रदेश कमिटी सह–इन्चार्ज काशीनाथ अधिकारीले जानकारी दिनुभयो। साथै नेकपाका केन्द्रिय सदस्य हरि सापकोटालाई पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी दिन प्रदेश कमिटीको बैठकले सिफारिस गरेको पनि अधिकारीले जानकारी दिनु भयो।