Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बन्दीपुर केबलकारको लिग भाँचियो, मर्मतका लागि दुई दिन बन्द

बन्दीपुर केबलकारको लिग भाँचियो, मर्मतका लागि दुई दिन बन्द

images

इच्छाकामना न्युज

२०, पौष २०८१
बन्दीपुर केबलकारको लिग भाँचियो, मर्मतका लागि दुई दिन बन्द
images

बन्दीपुर । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केबलकारको लिग भाँचिएको छ । केबलकारको लिग भाँचिएर डिब्बा लत्रिएपछि कम्पनीले मर्मतका लागि भन्दै दुई दिन केबलकार सञ्चालन बन्द गरेको छ ।

केबलकारको दुई नम्बर पोलसँगैको भागमा रहेको लिग भाँचिएर डिब्बा लत्रिएपछि मर्मतका लागि दुई दिन केबलकार बन्द गरिएको बताइएको छ ।

लिगको तार चुँडेर तल लत्रिएपछि एउटा डिब्बा भुईँ नजिकै झुन्डिन पुगेको स्थानीयले बताएका छन् । डिब्बा खाली हुँदा मानवीय तथा अन्य भौतिक क्षति नभएको बताइएको छ ।

लिग र डिब्बा लत्रिँदा ठूलो आवाज आएको र स्थानीयले के भएछ भनी हेर्दा केबलकारको डिब्बा खसेको अवस्थामा भेटेका थिए । केबलकारमा केही समस्या आएकाले प्राविधिकहरू पोलमा चढाएर काम भइरहेको बताइएको छ ।

यस्तै केबलकारमा समस्या आएपछि आज र भोलि बन्द गरिएको छ । केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन टीयुभी अन्तर्गत केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले बन्द गरिएको बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले जानकारी गराएका छन् ।

'बन्दीपुर हिलले आज सूचना जारी गर्दै यसबाट यात्रु तथा पर्यटकलाई पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं,' भनेको छ । स्काइ साइक्लिङ, जिपलाइन सेवा र ड्राइभ इन रेस्टुरेन्टको सेवा भने नियमित रूपमा सञ्चालनमा रहने बन्दीपुर हिलका अध्यक्ष शर्माले बताए ।

images
प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - २१:००:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology