लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले फोहर र जोखिमयुक्त अवस्थाका सिसालाई पेल्न ग्लास क्रसर मेसिन सञ्चालनमा ल्याएको छ ।
छरिएर रहेका सिसाका बोतलहरूबाट हुने जोखिम कम गर्न र सिसाको उचित व्यवस्थापन गर्न गाउँपालिकाले सिसा पेल्ने मेसिन सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।
उनका अनुसार गाउँपालिकाले बजेट व्यवस्थापन गरेर ग्लास क्रसर मेसिन सञ्चालनमा ल्याएको हो । दोर्दी गाउँपालिका ४ नौथर सेराको गाउँपालिका खेलमैदान नजिकै निर्माण गरिएको साझा सुविधा केन्द्रमा मेसिन राखिएको छ ।