Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट

गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट

images

इच्छाकामना न्युज

२०, पौष २०८१
गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट
images

२० पुस, आरुघाट । गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिबार साँझ करिब साँढे ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो ।

उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर समेत जलेर भएको डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । आगलागीबाट सँगै रहेको बीरबहादुर लामाको घरमा पनि सामान्य क्षति पुगेको उनले जानकारी दिए ।

स्थानीय र प्रहरीको सहयोगमा अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट पशुचौपाय तथा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

images
प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - २१:१७:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology