Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनीमा अध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न

आँबुखैरेनीमा अध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न

images

इच्छाकामना न्युज

२०, पौष २०८१
आँबुखैरेनीमा अध्यक्ष कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न
images
आँबुखैरेनी, २० पौष । तनहुँको आँबुखैरेनीमा तेस्रो आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप – व्याडमिन्टन प्रतियोगिता– २०८१ शनिबार सम्पन्न भएको छ ।
आँबुखैरेनी व्याडमिन्टन संघको आयोजनामा शुक्रबार जारी व्याडमिन्टन प्रतियोगिता अन्तर्गत शनिबार डबल बि र सि लेभल प्रतियोगिताका फाईनल खेलहरु सम्पन्न भएका छन् ।
472179536_1652061918996935_6570206312971998660_n.jpgफाईनलमा आँबुखैरेनीका लागि खेलेका जेनिस शेरचन र छत्र थापाको जोडिले धादिङ्गका राम मल्ल ठकुरी र मनोहर कार्किको जोडिलाई हराएर बि लेभल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि संगैं जेनिस शेरचन र छत्र थापाको जोडिले नगद रु. ५० हजार ३ सय , ट्रफि, मेडल र प्रमाणपत्र हात पारेका छन्, भने, उपविजेता तथा द्धितीय स्थान हासिल गर्न सफल राम मल्ल ठकुरी र मनोहर कार्किको जोडिले नगद रु. ३० हजार ३ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
472421049_1652078112328649_7975672862049363225_n.jpgयसैगरी, बि लेभलमा तृतीय स्थान हासिल गर्न सफल आँबुखैरेनीका लागि अभियान श्रेष्ठ र बलराम छेत्रीको जोडिले नगद रु. १० हजार ३ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
 
472403920_1652077175662076_2283325613827710143_n.jpgयस्तै, भगवान श्रेष्ठ र सुवास श्रेष्ठको जोडिले फाईनलमा दिपक गुरुङ्ग र निर्मल गुरुङ्गको जोडिलाई पराजित गर्दै सि लेभल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जिते संगैं भगवान श्रेष्ठ र सुवास श्रेष्ठको जोडिले नगद रु. २५ हजार ३ सय, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेका छन्, भने उपविजेता तथा द्धितीय स्थान हासिल गर्न सफल दिपक गुरुङ्ग र निर्मल गुरुङ्गको जोडिले नगद रु. १५ हजार ३ सय, ट्रफि, मेडल र प्रमाणपत्र हात प्राप्त गरेका छन् । यसैगरी, सि लेभलमा तृतीय स्थान हासिल गर्न सफल डिबी गुरुङ्ग र बिनोद श्रेष्ठको जोडिले नगद रु. ५ हजार ३ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आँबुखैरेनी व्याटमिन्टन संघका अध्यक्ष बालचन्द्र पन्थले जानकारी दिए ।
472355758_1652078238995303_201315304064084448_n.jpg
आँबुखैरेनी–३, स्थित श्रीकृष्ण चलचित्र मन्दिरको इन्डोर व्याडमिन्टन कोर्टमा सम्पन्न बि लेभलको प्रतियोगितामा २५ र सि लेभलको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो ।472713279_1652076625662131_2410863932219223464_n.jpg
समापन तथा पुरस्कार वितरण समारोहमा, वडा न.३ का वडाध्यक्ष दिनेश के.सी, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितीका सभापति भगवान श्रेष्ठ लगाएतको उपस्थिती रहेको संघका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - २३:०७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology