Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

श्याम्चेतका आगलागी प्रभावित परिवारलाई राहत वितरण

श्याम्चेतका आगलागी प्रभावित परिवारलाई राहत वितरण

images

इच्छाकामना न्युज

२१, पौष २०८१
श्याम्चेतका आगलागी प्रभावित परिवारलाई राहत वितरण
images

गोरखा । आरुघाट गाउँपालिका–१ मान्वुस्थित श्याम्चेतका आगलागी प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । तीन परिवारलाई १५/१५ हजार नगद तथा खाद्यान्न, लत्ताकपडा, भाडावर्तन लगायतका सामग्री वितरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय गोरखाले विपद व्यवस्थापन कोषबाट प्रतिपरिवार १५/१५ हजार नगद राहत रकम उपलब्ध गराएको छ । आगलागीबाट पीडित परिवारलाई नगदसहित लत्ताकपडा लगायतका सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलेले बताए ।

आरुघाट गाउँपालिकाले ७ बोरा चामल, १ बोरा चिउरा, नुन, तेल, तरकारी लगायतका खाद्यान्न, तीन थान त्रिपाल वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । सशस्त्र प्रहरीले १५/१५ थान ब्ल्यांकेट र सिरानी, ६ वटा बाल्टी जग, ६ वटा टावेल, २१/२१ वटा स्टिल कचौरा, थाल, ग्लास, चम्चा लगायतका सामग्री उपलब्ध गराएको छ ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ८ थान त्रिपाल १५ थान कम्मल, भाडाकुटा सेट, ४/४ थान बाल्टी जग, लत्ताकपडा, मेट्रिस उपलब्ध गराएको छ ।

 

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - २०:५०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology