Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आज देखि गोरखा–काठमाडौं एकीकरण पद यात्रा सुरु

आज देखि गोरखा–काठमाडौं एकीकरण पद यात्रा सुरु

images

इच्छाकामना न्युज

२१, पौष २०८१
आज देखि गोरखा–काठमाडौं एकीकरण पद यात्रा सुरु
images

गोरखा, पुस २१ गते । नेपाली सेनाले आज आइतबारदेखि गोरखा–काठमाडौं एकीकरण पद यात्रा सुरु गरेको छ । पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार बिहान ९ः५० बजे पदयात्रा सुरु गरेको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपाली सेनाको ब्याण्डबाजा, पञ्जेबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेंसी पुग्ने उहाँले बताउनुभयो । साँझ कार्यक्रम गरी धादिङको टोलीलाई टर्च र झण्डा दिएर गोरखाको टोली फिर्ता हुने नेपाली सेनाले जनाएको छ । 

पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएका सेनाले पृथ्वीनारायण शाहले स्थापना गरेको पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झण्डा राष्ट्रिय झण्डा र टर्चसहित नेपाली सेनाका पश्चिम पृतनापति माथबरसिंह कार्की र गोरखा नगरपालिका नगरप्रमुख कृष्ण रानाले एक कार्यक्रमबिच  झण्डा र टर्च हस्तान्तरण गर्नुभएको रिपुमर्दन गण गोरखाले जनाएको छ । 

गोरखाबाट पठाइएको टर्च र झण्डा २६ गते साँझसम्म काडमाडौंको हनुमान ढोका पुर्‍याइनेछ । २७ गते हनुमान ढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मूल समाराेहमा शार्दूलजंग गुल्मले उक्त टर्च र झण्डासहित प्रस्तुति गर्ने कार्यक्रम छ । 

पर्यटन प्रवर्धन गर्ने उद्देश्यसाथ २०७६ सालबाट नेपाली सेनाले एकीकरण पदयात्रा गर्दैआएको छ । जिल्लामा रहेका ११ वटै पालिकाको समन्वय तथा गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको विशेष आयोजनामा नेपाली सेनाले गोरखा काठमाडौं एकीकरण पदयात्रा सुरु गरेको रिपुमर्दन गण गोरखाले जनाएको छ ।  

images
प्रकाशित मिति :पौष २१, २०८१ आइतवार - २१:००:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology