Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लोकतान्त्रिक यातायात व्यवसायी संघ गोरखाको अध्यक्षमा उज्वल राज मल्ल चयन

लोकतान्त्रिक यातायात व्यवसायी संघ गोरखाको अध्यक्षमा उज्वल राज मल्ल चयन

images

इच्छाकामना न्युज

२२, पौष २०८१
लोकतान्त्रिक यातायात व्यवसायी संघ गोरखाको अध्यक्षमा उज्वल राज मल्ल चयन
images

गोरखा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गोरखाको अध्यक्षमा उज्वल राज मल्ल चयन भएका छन् । संघको आइतबार सम्पन्न प्रथम जिल्ला अधिबेशनले मल्लको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा दिपक खत्री, सचिवमा गकुल भट्ट र कोषाध्यक्षमा कुमार खत्री चयन भएका छन् । सदस्यहरुमा सुमन बानियाँ, अर्जुन भट्ट, दिपक ढकाल, राजेन्द्र ढकाल र टुकनाथ ढकाल (गकुल) छन् ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश थापाको अध्यक्षता एवं कांग्रेस जिल्ला उपसभापति धिरन थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात संघका केन्द्रिय सदस्य भानुभक्त बराल, गोरखा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजनराज पन्त, कांग्रेस जिल्ला सचिव किशोरजंग थापा, संघका प्रदेश सचिव मेघराज त्रिपाठी, प्रदेश सदस्यहरु नारायण दानी, कृष्ण मल्ल लगायतको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - १२:१४:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology