Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

गोरखामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

images

इच्छाकामना न्युज

२२, पौष २०८१
गोरखामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
images

गोरखा । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम परिवर्तित जयकुमार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत मङ्सिर २१ गते बेलुका नाबालिका घरमै एक्लै सुतिरहेकोे अवस्थामा पटक पटक ओछ्यानमा जबरजस्ती समाती जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित नाबालिकाको आमाले दिएको जाहेरीको आधारमा आरोपीलाई सोमबार लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परे लगत्तै निजलाई हाड नातामा जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा सोमबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आफनै बाबु र छोरी भएकाले पालिकाको नाम र स्थायी ठेगान तथा नाम गोप्य राखिएको प्रहरीको भनाइ छ ।

images
प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - २०:५५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology