Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन

लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन

images

इच्छाकामना न्युज

२३, पौष २०८१
लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन
images

लमजुङ,  पुस २३ गते ।  चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । 

विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका कृषि प्रसार अधिकृत सरोज थापाले बताउनुभयो । केही वर्षदेखि बर्सेनि सुन्तला उत्पादनमा घट्दै गए पनि गत वर्ष र यस वर्ष तुलनात्मक रूपमा बराबर उत्पादन भएको उहाँले उल्लेख गर्नुभयो ।

गाउँसहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर धिमिरेलगायत ठाउँमा बर्सेनी सुन्तला उत्पादनमा कमी हुँदै आएको थापाले जानकारी दिनुभयो । कार्यालयका अनुसार गत आवमा पनि एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको थियो । आव २०७९/८० मा एक सय २५ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट पाँच सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । 

आव २०७८/२०७९ मा एक सय ८० हेक्टर क्षेत्रफलबाट एक हजार दुई सय ४० मेट्रिकटन, आव २०७७/२०७८ मा दुई सय १३ क्षेत्रफलबाट एक हजार चार सय २४ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि प्रसार अधिकृत थापाले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार सुन्तलाका लागि लमजुङ उपयुक्त क्षेत्र भए पनि पछिल्लो समयमा विभिन्न रोग तथा किराको सङ्क्रमण, किसानमा प्राविधिक ज्ञानको कमी र बेवास्तालगायत कारणले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।

सुन्तलाको बोट र फलमा कत्ले, पतेरोलगायत किराको सङ्क्रमण भई एक बोटबाट अर्को बोटमा सार्ने, सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास आउने रोग), ग्रिनिङ भाइरसलगायत सङ्क्रमण बढ्नेको कृषि प्रसार अधिकृत सरोज थापाले जानकारी दिनुभयो । साथै गोडमेल र स्याहार नहुनु, सिँचाइको अभाव, बिरुवा छनोटजस्ता प्राविधिक विषयमा किसानसँग ज्ञान नहुँदा सुन्तला बगैँचा मासिँदै गएको उहाँको भनाइ छ । 

जिल्लामा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा खपत हुने गर्दछ । विगतमा लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गर्ने गरिएकामा केही वर्षयता एक सय ३० हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा उत्पादन कम हुँदा बाहिरी जिल्लाका सुन्तलाले स्थानीय बजार लिएका व्यापारी बताउँछन् । रासस

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १२:१७:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology