Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

महिलालाई आत्मनिर्भर बनाउँदै व्यास नगरपालिका

महिलालाई आत्मनिर्भर बनाउँदै व्यास नगरपालिका

images

इच्छाकामना न्युज

२३, पौष २०८१
महिलालाई आत्मनिर्भर बनाउँदै व्यास नगरपालिका
images

तनहुँ । तनहुँको व्यास नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आइरहेको छ । यस क्रममा नगरपालिकाको-१० द्वारा  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन छ महिने सिलाई बुनाई तालिम सञ्चालन गरिएको हाे ।

धौलागिरि सीप विकास केन्द्र वाग्लुङसँगको सहकार्यमा वडा कार्यालयले महिलाहरूलाई गाउँमै पेसा व्यावसाय गरेर आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम सञ्चालन गरेको हो । तालिमको सोमबार उद्घाटन गर्दै व्यास नगरपालिकका प्रमुख वैकुण्ठ न्यौपानेले जागिर खान भन्दा सीप सिकेर आत्मनिर्भर उपयुक्त भएको बताउनुभयो । 

दिनहुँ जागिर चाहियो भनेर महिलाहरू आउने गरेको उल्लेख गर्दै नगरप्रमुख न्यौपानेले जागिर खान भन्दा स्वरोजगार बन्न ध्यान दिनुपर्ने बताउनुभयो । जागिर खान ठुलो प्रतिस्पर्धा गर्नुपरेको स्मरण गर्दै नगरप्रमुख न्यौपानेले भन्नुभयो, "व्यास नगरपालिकामा एक जना कार्यालय सहयोग आवश्यक परेकोमा ५० जनाको आवेदन पर्‍याे स्नाकोत्तर पढ्दै गरेकाले समेत आवेदन दिए ।" 

समयको माग अनुसार नयाँ डिजाइनको सिलाउनसके यसबाट राम्रो आम्दानी लिन सकिने न्यौपानेले बताउनुभयो । सहज जीवनयापनका लागि सीप महत्त्वपूर्ण हुने हुँदा सीप सिकेर व्यावसायिक बन्न महिलाहरूलाई आग्रह उहाँले गर्नुभएको थियो । स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नती गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको वडाध्यक्ष खेमराज पोख्रेलले बताउनुभयो । 

महिलाहरू सीप सिकेर उद्यम व्यवसाय गरी आत्मनिर्भर बनाउन तालिमले सहयोग पुग्ने  आधा खर्च वडा कार्यालय र आधा खर्च सहभागीले गर्ने तालिम सुरु गरिएको वडा सचिव लक्ष्मी अधिकारी न्यौपानेले बताउनुभयो । लामो समयको तालिम भएकोले प्रशिक्षक समेत उत्पादन गरिने वडा कार्यालयले जनाएको छ ।

कार्यक्रममा धौलागिरि सीप विकास केन्द्रका कार्यक्रम संयोजक बालकृष्ण पन्त, सहसंयोजक प्रेमप्रसाद सुवेदी, वडा सदस्य इश्वर पौडेल लगायतले यस्ता तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरूलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रूपमा सबल र सक्षम बनाउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । साथै वक्ताहरूले व्यावसायिक रूपमा लाग्ने गरी तालिम लिन आग्रह गर्नुभएको थियो । तालिममा ३० जना महिला सहभागी भएका छन् । 

तालिममा महिला उद्यमी बबिता विकले प्रशिक्षण दिनुभएको छ । पछिल्लो समय आर्कषण डिजाइनबाट सिलाइएको  कपडाहरूको माग बढ्न थालेकाले स्थानीय स्तरमा महिला उद्यमीहरू तयार पार्न तालिमले सहयोग पुग्ने प्रशिक्षक विकको भनाइ छ ।

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १२:२०:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology