Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

व्यास गुफा र तनहुँसुर जोड्न हाफ म्याराथन आयोजना

व्यास गुफा र तनहुँसुर जोड्न हाफ म्याराथन आयोजना

images

इच्छाकामना न्युज

२३, पौष २०८१
व्यास गुफा र तनहुँसुर जोड्न हाफ म्याराथन आयोजना
images

तनहुँ, पुस २३ गते । खेलको माध्यमबाट पर्यटकीय स्थलको प्रवर्द्धन गर्न तनहुँको व्यास नगपालिकाले खुला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर माघ १६ गते प्रतियोगिता गर्ने निर्णय भएको व्यास नगरपालिकाले जनाएको छ । 

व्यास नगरपालिका–३ स्थित व्यास गुफा, दमौलीबाट व्यास नगरपालिका–११ को ऐतिहासिक तनहुँसुर दरबार सम्मको खुला महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरैको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको नगरपालिकाले जनाएको छ । भगवान् वेदव्यासको जन्मभूमि र पराशर ऋषिको तपोभूमि दमौली र ऐतिहासिक तनहुँका दरबारको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्ने तथा खेलाडीलाई हौंसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गर्ने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । 

न्यौपानेले भन्नुभयो, “धार्मिकरूपमा परिचित व्यास गुफा र ऐतिहासिकस्थलको रूपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्यसहित म्याराथन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, । शहीद दिवसमा हरेक वर्ष गत वर्ष पर्यटकीय स्थल व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट व्यास नगरपालिका–८ स्थित शहीदहरूको गाउँ पुलिमर्‍याङसम्मको ४४ किलोमिटर दुरीको व्यास अल्ट्राम्यारथन प्रतियोगिता गर्दै आएकोमा यस वर्ष खुला महिला हाफ म्याराथन प्रतियोगिता गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । व्यास अल्ट्राम्यारथन र खुला महिला हाफ म्याराथन प्रतियोगिता आलोपालो गरिने नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

हाफ म्याराथन व्यास गुफादेखि सफा सडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ । उक्त दूरी २१ किमीको रहनेछ । विगतमा गरिएका प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १६:२६:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology