Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा अस्पतालमा बालबालिकाहरुका लागी बाल खेल उपचार कक्ष स्थापना

गोरखा अस्पतालमा बालबालिकाहरुका लागी बाल खेल उपचार कक्ष स्थापना

images

इच्छाकामना न्युज

२३, पौष २०८१
गोरखा अस्पतालमा बालबालिकाहरुका लागी बाल खेल उपचार कक्ष स्थापना
images

गोरखा । गोरखा अस्पतालमा बालबालिकाहरुका लागी ‘चाइल्ड प्ले थेरापी’ अर्थात बाल खेल उपचार कक्ष स्थापना भएको छ । उपचार प्रक्रियामा रहेका बालबालिकाहरुको डर, तनाव र असहजपन हटाउने उदेश्य सहित अस्पतालले थेरापी कक्ष संचालनमा ल्याएको हो ।

यही पौष १७ गतेबाट कक्ष संचालनमा आएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए । एक लाख लागतमा निर्माण भएको उक्त कक्षमा अस्पताल भर्ना भएका बालबालिकाहरु खेल्न सक्ने उनले जानकारी दिए ।

‘उपचारको क्रममा रहेका बालबालिकाहरु सक्रिय हुन थालेपछि सो कक्षमा गएर खेल्न पाउने छन्’, उनले भने, ‘यसले उनीहरुको उपचार प्रक्रियालाई सकरात्मक बनाउनुका साथै, भावनात्मक स्वास्थ्यलाई पनि सन्तुलित राख्न सहयोग पु¥याउँछ ।’ कक्ष निर्माणका लागि एकिकरण नेपालले २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

उनी भन्छन्, ‘हाल थोरै मात्र सामाग्रीहरु राखेर थेरापी कक्ष संचालनमा ल्याएका हौँ । तर, बिस्तारै सामाग्रीहरुको मात्रा बढाएर यसलाई बिस्तार गर्ने लक्ष्य छ ।’ अस्पतालको बाल वार्ड नजिकै कक्ष स्थापना गरिएको उनले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १६:३१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology