आँबुखैरेनी, २३ पौष । तनहुँको आँबुखैरेनीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलिले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३९ का रामकाजी श्रेष्ठलाई लागु औषध सहित पक्राउ गरेको हो ।
श्रेष्ठले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-३८ एम्पुल, Phenergan-३८ एम्पुल, Buprenorphine-३८ एम्पुल गरी जम्मा ११४ एम्पुल नियन्त्रित लागु औषध बरामद गरेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
लागू औषध सहित श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।