Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

व्यास नगरपालिकाद्धारा भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्र तनहुँलाई हस्तान्तरण

व्यास नगरपालिकाद्धारा भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्र तनहुँलाई हस्तान्तरण

images

इच्छाकामना न्युज

२३, पौष २०८१
व्यास नगरपालिकाद्धारा भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्र तनहुँलाई हस्तान्तरण
images

दमौली । व्यास नगरपालिकाले दमौली सभाहलभित्र रहेको भानुभक्त सभाकक्ष कर्मचारी मिलन केन्द्र तनहुँलाई हस्तान्तरण गरेको छ । पुर्व सहमती अनुसार उक्त सभाकक्ष कर्मचारी मिलनकेन्द्रलाई हस्तान्तरण गरिएको हो । जिल्ला सभाहल निर्माण गर्ने क्रममा कर्मचारी मिलन केन्द्रको भवन भत्काईएको थियो । उक्तक्रममा सभाहल निर्माण भएपछि एउटा कक्ष कर्मचारी मिलन केन्द्रलाई उपलब्ध गराउने सहमती भएको थियो ।

मंगलबार व्यास नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त भानुभक्त सभाकक्ष हस्तान्तरणको औपचारिक पत्र र चाबी निजामती कर्मचारी संघ तनहुँका अध्यक्ष नारायण अधिकारीलाई प्रदान गरेका थिए । शिक्षा तथा सामाजिक विकास कार्यालय तनहुँका इकाई प्रमुख र नापी कार्यालय तनहुँका प्रमुखको उपस्थितिमा पत्र र चावी हस्तान्त्रण भहेको थियो ।

उक्त हस्तान्तरणले नगरपालिका र कर्मचारीहरूको सहकार्य र समन्वयलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । उक्त सभाहलमा साना ठुला गरेर ५ वटा सभाकक्षहरु रहेका छन । जिल्ला समन्वय समितिको स्वामित्वको उक्त सभाहल जिल्ला समन्वय समिलिते गत महिना व्यास नगरपालिकालाई सन्चालनको लागि हस्तान्तरण गरेको थियो ।

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - २०:२२:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology