Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आजदेखि सिम्जुङ–महाभीर–घ्याच्चोक सडक दैनिक १० घण्टा बन्द

आजदेखि सिम्जुङ–महाभीर–घ्याच्चोक सडक दैनिक १० घण्टा बन्द

images

इच्छाकामना न्युज

२४, पौष २०८१
आजदेखि सिम्जुङ–महाभीर–घ्याच्चोक सडक दैनिक १० घण्टा बन्द
images

गोरखा, पुस २४ गते । गोरखाको अजिरकोट र बारपाक सुलीकोट गाउँपालिका जोड्ने सिम्जुङ – महाभीर–घ्याचोक सडक खण्ड आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । अजिरकोट गाउँपालिकाले एक सूचना जारी गर्दै बुधबार बिहान ७ देखि बेलुका ५ बजेसम्म दैनिक १० घण्टा सडक बन्द हुने जनाएको हो । 

पूर्वाधार कार्यालय गोरखाको ३६ करोड ४७ लाख ७९ हजार नौ सय ३१ रुपियाँ लागतमा साढे सात किलोमिटर सडक कालोपत्रे गर्न लागेकाले उक्त सडक खण्डअन्तर्गत मिलिम बुलबुले फास्रो डाडाँमा कटिङ गर्नुपर्ने भएकाले सिम्जुङ–महाभीर–घ्याच्चोक हुँदै बारपाक सुलीकोट जाने सवारी आवगमनमा पूर्ण रुपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

सडक बाटो भएर घ्याच्चोक, महाभीर हुँदै बारपाक सुलीकोट गाउँपालिका जाने यात्रुलाई केहि दिनको लागि असहज भएता पनि केहि दिनपछि आवतजावत पुनः सहज हुने गाउँपालिकाले विश्वास लिएको प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षारित गरेको विज्ञाप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ०८:३२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology