Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भीमसेन थापा राष्ट्रपति रनिङ शिल्डको उपाधी सरस्वती माविलाई

भीमसेन थापा राष्ट्रपति रनिङ शिल्डको उपाधी सरस्वती माविलाई

images

इच्छाकामना न्युज

२४, पौष २०८१
भीमसेन थापा राष्ट्रपति रनिङ शिल्डको उपाधी सरस्वती माविलाई
images

गोरखा । भीमसेन थापा गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती मावि बोर्लाङले जितेको हो । विभिन्न विधामा भएको खेलमा ६ स्वर्ण, ८ रजत र २ कास्य पदक जित्दै सरस्वती उपाधी बिजेता बनेको हो ।

प्रतियोगितामा ५ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै नवजागृतिचण्डी मावि अश्राङ दोस्रो बनेको छ । प्रतियोगितामा जागेश्वर मावि बोर्लाङ तेस्रो भएको छ । उक्त बिद्यालयले कुल ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको पालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख यानबहादुर नेपालीले बताए ।

बिजेता बिद्यालयलाई मंगलवार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको छ । वडा नम्वर ६ बगुवास्थित शान्ति माविको प्राङगणमा आइतबारबाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा पालिकाभित्रका १२ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीन दिनसम्म संचालन भएको प्रतियोगितामा छात्र र छात्रातर्फ १६ विधाका खेलमा प्रतियोगिता भएको थियो ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ०८:४६:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology