Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण

तुसारेपानीमा चन्दा उठाएर खेलमैदान निर्माण

images

इच्छाकामना न्युज

२४, पौष २०८१
images

म्याग्दी । मङ्गला गाउँपालिका–१ तुसारेपानीमा ८० लाख ६२ हजारको लगानीमा खेलमैदान र सामुदायिक भवन निर्माण भएको छ । ६७ लाख ३० हजारमा मनकामना युवा क्लबले खेलमैदान र १३ लाख ३२ हजार चार सय ६२ लागतमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका हुन् ।

मङ्गला गाउँपालिका र प्रदेश सरकारबाट ३५ लाख ५० हजार अनुदान प्राप्त भएको खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका चन्दादाताले २१ लाख आठ हजार छ सय ५६ र १० लाख १७ हजा पाँच सय क्लबले आन्तरिक लगानी गरेको क्लब अध्यक्ष बेलबहादुर पुर्जाले बताए ।

बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने खेलमैदानमा प्यारापिट र स्टेज पनि रहेको छ । व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठी सञ्चालनका लागि पनि प्रयोग गर्न सकिन्छ ।

खेलमैदान, भवन र प्रथम तुसारेपानी कप तथा माघे सङ्क्रान्ति मेलाको मङ्गलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । पूर्वसांसद नरबहादुर पुन, जग्गादाता बुद्धिराम पुन र निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवेशद्वार निर्माता खड्कबहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गरेका थिए ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ११:४४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology