Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

शहिदलखन गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा च्याउ खेती सुरु

शहिदलखन गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा च्याउ खेती सुरु

images

इच्छाकामना न्युज

२४, पौष २०८१
शहिदलखन गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा च्याउ खेती सुरु
images

गोरखा । शहिदलखन गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा च्याउ खेती सुरु गरिएको छ । गाउँपालिकाले बजेट बिनियोजन गरेर पालिकाभित्रका ४६ वटा सामुदायिक विद्यालयहरुमा च्याउ खेती कार्यक्रम सुरु गरेको हो ।

पालिकाको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तरगत सबै विद्यालयहरुमा कन्या जातको च्याउको बिउँ र आवश्यक सामाग्रीहरु पठाइसकेको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । ‘विद्यालयहरुको विद्यार्थी सङख्या र स्रोत साधनका आधारमा प्रति विद्यालय २० देखि १०० प्याकेट बिउँ उपलब्ध गराएका छौँ’, उनले भने, ‘साथै, ४६ वटै सामुदायिक विद्यालयबाट १–१ जना शिक्षकहरुलाई च्याउ खेती सम्बन्धी अभुमुखिकरण समेत दिइसक्यौ ।’

गत वर्ष पनि पालिकाले ८ वटा सामुदायिक विद्यालयहरुमा च्याउ खेती गरेको र त्यसको नतिजा राम्रो आएपछि यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए । ‘पोहोर ८ वटा विद्यालयहरुमा दुई सय प्याकेट बिउँ लगाएकोमा उत्पादन निकै राम्रो भयो तर उत्पादित च्याउ बिक्री वितरण भने गरेनौँ, विद्यालयहरुमा संचालन भईरहेको दिवा खाजा कार्यक्रममा प्रयोग ग¥यौँ’, उनले भने । यो वर्ष भने सबै विद्यालयहरुमा कार्यक्रम लागू गरिएको र उत्पादन राम्रो भए बिक्री वितरण समेत गर्ने योजना रहेको उनले बताए ।

अन्य खेती भन्दा सजिलो र स्थानिय स्रोत साधानको प्रयोगमा खेती गर्न सकिने भएकाले च्याउ खेतीको योजना बनाइएको पालिकाले जनाएको छ । च्याउमा पौष्टिक तत्व पनि हुने भएकाले विद्यालयको दिवा खाजा कार्यक्रममा समेत प्रयोग गर्न मिल्ने बताइएको छ । उत्पादन राम्रो भए बिक्री वितरण गरेर आमदानीको स्रोत समेत बढाउन सकिने शिक्षा शाखा प्रमुख खनाल बताउँछन् । दुई वटा कोठामा १०० प्याकेट च्याउ मज्जाले उत्पादन गर्न मिल्ने भएकाले समस्या नहुने उनको भनाइ छ ।

‘विद्यालयहरुमा च्याउ खेती कार्यक्रम’ का लागि पालिकाले एक लाख रकम विनियोजन गरेको छ । बजेटको आधार थोरै भएता पनि यसको प्रभावकारिता निकै राम्रो रहेको पालिकाको भनाई छ । कार्यक्रमले विद्यार्थीहरुको सिप बिकासमा सहयोग पु¥याउनुका साथै विद्यालयको आम्दानीको स्रोत समेत बढ्ने पालिकाले जनाएको छ । सत प्रतिशत अनुदानमा विद्यालयमै उपभोग गर्नेगरी सो कार्यक्रम संचालन गरिएको हो । च्याउ खेतीमा राम्रो उत्पादन गर्ने विद्यालयलाई पुरस्कारको समेत व्यवस्था गरिने पालिकाले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - १२:०४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology