Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ

बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ

images

इच्छाकामना न्युज

२४, पौष २०८१
बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ
images

गोरखा । बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने ३७ बर्षीय राजेश बराम रहेको प्रहरीले जनाएको छ ।

बरामले बेरोजगार युवाहरुलाई पोल्याण्ड पठाइदिने भन्दै आफ्नोसहित बिभिन्न व्यक्तिको खातामा रकम जम्मा गर्न लगाई सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सोमवार टेकुबाट पक्राउ परेका बरामलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनीबिरुद्ध ८ लाख ९० हजार बिगो रकम माग गरिएको छ ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - १२:०६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology