Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

माघे सङक्रान्तीको अबसरमा बन्दिपुरमा गोरु जुधाई प्रतियोगिता हुने

माघे सङक्रान्तीको अबसरमा बन्दिपुरमा गोरु जुधाई प्रतियोगिता हुने

images

इच्छाकामना न्युज

२४, पौष २०८१
माघे सङक्रान्तीको अबसरमा बन्दिपुरमा गोरु जुधाई प्रतियोगिता हुने
images
प्रतीक गुरुङ 
 
बन्दिपुर । तनहुँको बन्दिपुर गाउँपालिका वडा न २ काे कुकुर्दीमा माघे सङक्रान्तीको अबसरमा गोरु जुधाई प्रतियोगिता हुने भएकाे छ । नारायण गोपाल युवा क्लबले विगतका वर्षहरुमा जस्तै "स्वास्थको लागि खेलकुद र युवाको लागि खेलकुद" भन्ने मुल नाराको साथ गोरु जुधाई प्रतियोगिता र गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताकाे आयाेजना गरेकाे छ ।
गोरु जुधाई तर्फ प्रथम पुरस्कार नगत रु . १५ हजार र दोस्रो पुरस्कार नगत रु. ७ हजार रहेको र दर्ता शुल्क ५ सय रहेकाे नारायण गोपाल युवा क्लबका अध्यक्ष उज्ज्वल गुरुङले जानकारी दिनु भएको छ ।
पुरुष तथा महिला भलिबल प्रतियोगिता यहि पौष २५ गते बाट सुरु हुने छ । पुरुष भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क रु. ४ चार हजार ५ सय र महिला भलिबल प्रतियोगिताकाे दर्ता शुल्क ५ सय रहेको छ ।
पुरुष भलिबल तर्फ प्रथम पुरस्कार नगत रु. ४० हजार मेडल र प्रमाण पत्र , दोस्रो पुरस्कार नगत रु २५ हजार मेडल र प्रमाण पत्र, तेस्रो पुरस्कार नगत रु. १५ हजार मेडल र प्रमाण पत्र र महिला भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगत रु. ७ हजार मेडल र प्रमाण पत्र रहेको आयाेजकले जनाएकाे छ ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - १३:४२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology