Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सेती नदीको ड्यामबाट खसेका २१ वर्षीय युवा मृत अवस्थामा भेटिए

सेती नदीको ड्यामबाट खसेका २१ वर्षीय युवा मृत अवस्थामा भेटिए

images

इच्छाकामना न्युज

२४, पौष २०८१
सेती नदीको ड्यामबाट खसेका २१ वर्षीय युवा मृत अवस्थामा भेटिए
images

कास्की । पोखरा महानगरपालिका-१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेका २१ वर्षीय युवा मृत अवस्थामा भेटिएका छन् । 

बुधबार साँझ ७ बजेर २० मिनेट जाँदा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको थियो ।

४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल लगिएको कालीका गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार कैलाली जिल्ला धनगढी स्थायी घर भई पश्चिममाञ्चल ईन्जिनियरिङ कलेज लामाचौरमा अध्ययनरत पोखरा-१९ लामाचौरमा डेरा गरी बस्ने वर्ष २१ का संगम पौडेल हुन् ।

सूचनाको आधारमा खटिएको प्रहरीले २० मिनेट २५ सेकेन्डमा शव निकाली अस्पताल पुर्‍याएको थियो ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - २२:२७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology