Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा एक पुरुषको शव फेला

मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा एक पुरुषको शव फेला

images

इच्छाकामना न्युज

२४, पौष २०८१
मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा एक पुरुषको शव फेला
images

लमजुङ । बेंसीसहर नगरपालिका-१, उदिपुर दलालस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा बुधबार एकजना पुरुषको शव फेला परेको छ ।

आंशिक रुपमा सडेको अवस्थामा शव फेला परेको र उक्त शव रोल्पा जिल्ला सुनछहरी गाउँपालिका-५, असलाका ४३ वर्षीय तिर्खबहादुर पुनको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बुधबार दिउँसो २ बजेतिर खबर आएको बताए । बाँधको किनार पानीमा घोप्टो परेर आधाजसो सडिसकेको अवस्थामा शव फेला परेको उनले बताए ।

प्रहरीका अनुसार कामको सिलसिलामा लमजुङ आएर पुस ६ गते आएर बेंसीसहरको मनाङे चौताराको एउटा होटलमा बसेको र ७ गते दिउँसो शौचालय जान्छु भनी हिँडेका उनी त्यसपछि हराएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजकिशोर साह तेलीको कमाण्डमा घटनास्थल पुगेको प्रहरी टोलीले सबै मुचुल्का सकेर शव परीक्षणका लागि लमजुङ अस्पताल ल्याएको छ । प्रहरी निरीक्षक तेलीले शव क्रेनको सहायताले पानीबाट निकालिएको बताए ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - २२:२८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology