Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

छेपेटारमा सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन निर्माण

छेपेटारमा सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन निर्माण

images

इच्छाकामना न्युज

२५, पौष २०८१
छेपेटारमा सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन निर्माण
images

गोरखा । गोरखा नगरपालिका–१० छेपेटारमा सुविधासम्पन्न जेष्ठ नागरिक आवास भवन निर्माण भएको छ । बृद्धाश्रमको रुपमा प्रयोग गर्ने उदेश्यसहित निर्माण थालिएको उक्त भवन गत असोज महिनामा सम्पन्न भएको हो ।

२०७६ सालबाट भदौ १ गते आसिस इको जेभीसँग ठेक्का सम्झौता भएर काम अघि बढेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । ‘शहरी बिकास तथा भवन कार्यालयसँग सम्झौता भएर काम अघि बढेको रहेछ,’ कार्यालय प्रमुख गणेश सुवेदीले भने, ‘पछि यो योजना हाम्रो कार्यालयलाई हस्तान्तरण भयो ।’ दुई बर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएपनि यो बर्ष मात्र सम्पन्न भएको उनले जानकारी दिए ।

ठेकेदारको ढिलासुस्तीका कारण समयमै काम सम्पन्न नभएपछि बिभिन्न चरण गरि तीन पटक म्याद थप भएको थियो ।
कुल तीन रोपनी सरकारी जग्गामा निर्माण भएको उक्त भवनमा तीन वटा संरचना छन् । कार्यालय प्रयोजनका लागि छुट्टै भवन छ । बृद्धवृद्धा राख्नका लागि बनाइएको भवनमा एउटा सभा हल सहित २४ कोठा छन् ।

सुरक्षा गार्डका लागि एक कोठे छुट्टै भवन बनाइएको कार्यालयले जनाएको छ । भवनमा रंगरोकनसँगै बिजुली जडान भइसकेको छ । केही कोठाहरुमा एयर कन्डिसन (एसी) समेत जडान गरिएको सुवेदीले बताए । भवनसम्म पुग्ने सडकको दुई सय मिटर कालापत्रे र ढलान समेत भइसकेको उनले जानकारी दिए । भवन रेखदेखका लागि एक जना व्यक्ति समेत खटाइएको छ ।

प्रत्येक प्रदेशमा एउटा वृद्धाश्रम बनाउने सरकारको योजना अनुरुप गण्डकी प्रदेशको गोरखामा बनाइएको बताइएको छ । भवन संचालनका लागि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने वा प्रदेश सरकार आफैले चलाउने भन्ने बिषयमा भने अन्योल छ ।

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - ०९:५७:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology