Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पूर्व-पश्चिम राजमार्गमा ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दियो

पूर्व-पश्चिम राजमार्गमा ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दियो

images

इच्छाकामना न्युज

२५, पौष २०८१
पूर्व-पश्चिम राजमार्गमा ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दियो
images

नवलपुर । शीतलहरले बाटो चिप्लो हुँदा नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दिएको छ।

पूर्वी र पश्चिम नवलपरासीको सिमानामा रहेको दाउन्ने सडक खण्डमा नारायणढबाट भैरहवातर्फ गैरहेको लु २ ख ५९८२ नम्बरको ट्रकले विपरीत र सोही दिशामा गुडिरहेका तीन सवारीसाधनलाई ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट ट्रक, मिनी ट्रक र कन्टेनरमा क्षति पुगेको छ। यद्यपि अहिले भने ठक्कर खाएका सवारीलाई पन्छाएर सडक एकतर्फी खुलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए।

शीतलहर बढेसँगै उक्त सडकखण्डमा जोखिम बढेको छ। मंगलबार राति दुवैतर्फ सडक अवरुद्ध भएकोमा बुधबार बिहान ३ बजेदेखि एकतर्फी खुलाइएको थियो ।

दुर्घटना हुने जोखिम बढेपछि पुनः राजमार्गमा सवारी साधन आवागमन बन्द गरिएकोमा दिउँसो खुलाइएको थियो।

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - ११:१८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology