Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पालुङटारमा २ हजार २ सय ५० किसान सूचीकृत

पालुङटारमा २ हजार २ सय ५० किसान सूचीकृत

images

इच्छाकामना न्युज

२६, पौष २०८१
पालुङटारमा २ हजार २ सय ५० किसान सूचीकृत
images

गोरखा । व्यावसायिक कृषि प्रवर्द्धनका लागि पालुङटार नगरपालिकाले कृषकको सूचीकरण गरेको छ । हालसम्म २ हजार २ सय ५० जना किसान सूचीकृत भएर प्रमाणीकरण गरिएको नगर प्रमुख विवश चिन्तनले बताए ।

नगरका वडा–६, ७, ८, ९ र १० का किसान सूचीकृत भइसकेका छन् भने वडा–४ र ५ मा किसान सूचीकरण भइरहेको नगर प्रमुख चिन्तनले बताए । अन्य वडामा आगामी आर्थिक वर्षमा किसानको सूचीकरण गरिने उनले बताए । ‘वास्तविक किसान छुट्याउन सूचीकरण थालेका हौं, केही वडामा काम सकिएको छ, दुई वडामा यसै वर्ष गर्दै छौं,’ उनले भने ।

गणक खटाएर किसानको सूचीकरण गरिएको नगरपालिकाले जनाएको छ । ‘किसान सूचीकृत भएपछि पालिकाबाट दिइने अनुदान उपलब्ध गराउन पनि सहज वन्यो, किसानलाई व्यावसायिक बनाउन कुन खालका कार्यक्रम संचालन गर्ने पनि तय गर्न सहज बन्छ,’ उनले भने, ‘किसानले के/के खेती गरेका छन् भनेर त्यहीअनुसार योजना बनाउन पनि सहज वन्छ ।’

किसान सूचीकरणसँगै नगर क्षेत्रका वडामा माटोको परीक्षण पनि गरिएको छ । उपयुक्त बाली छनोटका लागि माटोको परीक्षण गरिएको नगर प्रमुख चिन्तनले बताए । ‘रासायनिक मलले माटोको उर्वराशक्ति नष्ट हुँदै छ, पालिकाभित्रको खेतबारीमा माटोको अवस्था बुझ्न पनि खोजेका हौं,’ उनले भने, ‘माटो परीक्षणपछि कुन क्षेत्रमा कस्ता खालका खेती गर्न सकिन्छ, त्यही अनुसार प्रोत्साहन गर्छौं, माटो बिग्रिएको भए सुधारको काम पनि हुन्छ ।’

 

वडा ४ मा पनि १ सय ६० मेट्रिक टनको कोल्ड स्टोर निर्माण अन्तिम चरणमा पुगेको छ । ‘बाँझो जमिनको प्रयोग उत्पादनमा सहयोग’ नीतिअनुरूप उत्पादकत्वमा वृद्धिका लागि ११ ठाउँको २ सय २० रोपनी जमिन सिंचाइ हुने गरी सिंचाइ कुलो निर्माण गरिएको पनि समीक्षामा जानकारी गराइएको थियो ।

नगरपालिकाले दुधमा प्रतिलिटर ३ रुपैयाँका दरले उत्पादनमा आधारित अनुदान कार्यक्रम पनि संचालन थालेको छ । पालुङटार–७ को जुडीखोला र ९ को शेरामा दुग्ध संकलन केन्द्र संचालन गरी अनुदान उपलब्ध गराइएको चिन्तनले जानकारी दिए । ‘वनको बाँदर वनैमा कार्यक्रम’ अन्तर्गत सामुदायिक वन उपभोक्ता समितिसँगको समन्वयमा वन क्षेत्र र खाली जमिनमा ११ हजार ६ सय ६५ फलफूजन्य बिरुवा रोपिएको पनि सभामा जानकारी गराइएको थियो ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - १०:१३:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology