गोरखा । अजिरकोट गाउँपालिका–५ वालुवास्थित दरौदीं नदीबाट अवैध रुपमा गिटी ल्याउँदै गरेको दुई वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ना १ क ६२८४ र ग १ ख ७५७० नम्वरको टिपरलाई बिहीवार वालुवा स्थित प्रहरी चौकीबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ध्रुव शर्माले बताए ।
‘चेकजाँचको क्रममा उत्खनन अनुमति र खरिद बिल दुवै नभेटेपछि नियन्त्रणमा लिएका हौ,’ उनले भने । नियन्त्रणमा रहेको ती टिपरलाई आवश्यक कारवाहीका लागी शुक्रवार सम्बन्धित पालिकामा पठाइने उनले जानकारी दिए ।