तनहुँ, २६ पौष । प्रेस सेन्टर नेपाल तनहुँको पाँचौ जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
अधिवेशनले सेन्टरको अध्यक्षमा अस्मिता खनाललाई सर्वसम्मत निर्वाचित गरेको छ ।
यस्तै, उपाध्यक्षमा अशोक विश्वकर्मा, सचिवमा विनोद ढुंगाना, सहसचिवमा सुष्मा गुरुङ, कोषाध्यक्षमा सावित्री कोइराला, सदस्यहरुमा विनिता भण्डारी , सपना सेन्चुरी, अनिता गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको हो।
सो अवसरमा, कृष्ण सेन इच्छुक स्मृति पुरस्कारबाट पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष उज्वल पौडेल र त्रिभुवन पोडेल स्मृति पुरस्कारबाट पत्रकार अस्मिता खनाल सम्मानित भएका छन ।