Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गण्डकी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न

गण्डकी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न

इच्छाकामना न्युज

२७, पौष २०८१
गण्डकी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न
images

गोरखा । गण्डकी गाउँपालिकाको १७ औँ गाउँसभाले आफ्नो प्रशासनीक केन्द्र  वडा नम्बर ६ स्थित वनटारमा सार्ने निर्णय गरेको छ । विगत लामो समय देखि  प्रशासनिक केन्द्र  भुम्लिचोक राख्ने कि वनटारमा राख्ने भन्ने विवाद  हुँदै आएको थियो ।

images
images
शुक्रबार बसेको गाउँसभाले  यस विषयलाई मतदानमा लगेर टुङ्याएसँगै अब गण्डकी गाउँपालिका केन्द्र वनटारमा सार्ने  निश्चित भएको  छ । गण्डकी गाउँपालिकाको तत्काल कायम सदस्य संख्या ४२  मा  प्रशासनिक केन्द्र वनटार सार्ने पक्षमा २८ मत परेको थियो भने  विपक्षमा शून्य मत परेको थियो  यसरी हेर्दा तत्काल कायम सदस्य संख्यामा २८ मत ४२ मतको दुई तिहाइ भएको हुँदा  लामो समय थाती रहेको प्रशासनिक केन्द्रको  विषय अब टुङ्गिएको गण्डकी गाउँ पालिका अध्यक्ष दीपक तिमल्सिना साकारले रातोपाटीलाई बताए ।
 
'दलीय स्वार्थको कारण विवादित बन्दै आएको पालिका केन्द्र ढिलै भएपनि आजको बैठकले मतदान मार्फत टुंग्याएको छ । यसले पालिका बासिलाई ठूलो राहत मिलेको मैले महसुस गरेको छु । मेरो चुनावी एजेन्डा मध्य  पालिका केन्द्र सबैलाई पायक पर्ने ठाउँमा सार्ने पनि एक थियो जुन आज सम्पन्न भयो' उनले भने ।
 
त्यस्तै आजको बैठकले पालिका भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको हकमा ६ महिनासम्म निरन्तर महिनाको ४ हजारको दरले रकम वितरण गर्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - ०९:०५:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology