Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नारायणी नदीमा जलपक्षीको गणना सुरू

नारायणी नदीमा जलपक्षीको गणना सुरू

images

इच्छाकामना न्युज

२७, पौष २०८१
नारायणी नदीमा जलपक्षीको गणना सुरू
images

कावासोती, पुस २७ गते । नवलपुर तर्फको नारायणी नदीमा शनिबारदेखि जलपक्षीकोे गणना सुरू भएको छ । यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको भए पनि नवलपुरमा भने आजबाट गणना गर्न लागिएको हो । 

ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीहरूको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जलपक्षी गणना गरिने पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका जलपक्षी गणना संयोजक डिबी चौधरीले बताउनुभयो । पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराई गर्ने चराहरूको तथ्याङ्क सङ्कलन गरिने संयोजक चौधरीले बताउनुभयो ।

नवलपुरको शिख्रौली गोलाघाट हुँदै अमलटारी, शिख्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिने चौधरीको भनाइ छ । शिख्रौलीदेखि पिठौलीसम्म नारायाणीको उत्तरी भङ्गालोमा पानीको कम भएकाले हिँडेर गणना गरिने उहाँले बताउनु भयो । नारायणीको दक्षिणी भङ्गालोको शिख्रौली देखि अमलटारीसम्म र अमलटारी देखि त्रिवेणीसम्म डुङ्गाको प्रयोग गरिने छ ।

आन्तरिक रूपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराई गरी चराहरू यस क्षेत्रमा आउने गरेको उहाँले बताउनुभयो । यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा, जलेवा लगायत विभिन्न प्रजातिका चराहरू हुने गरेको उहाँको भनाइ छ । विशेषगरी पानीमा रहने चराहरू यहाँ बसाइँसराई गरी आउने गरेका छन् । नवलपुर तर्फको नारायणी नदीमा धेरै मात्रामा देखिने चरा चखेवा हो । नारायणी नदीमा रैथाने, साइबेरिया, चिन, बर्मा, मंगोलिया, रुस ,कोरिया, थाइल्यान्ड, लगायतका देशहरूबाट आगन्तुक चराहरू यस क्षेत्रमा आउने गरेको संयोजक चौधरीले बताउनुभयो ।

प्राकृति कारणसँगै मानवीय क्रियाकलापले गर्दा चराको सङ्ख्यामा कमि हुँदै गएको छ । सन २०२३ मा पक्षी गणनामा ४३ प्रजातिका चरा भेटिएका थिए, त्यस्तै गत वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । गत वर्ष नयाँ छ प्रजातिको चरा देखिएको संयोजक चौधरीले जानकारी दिनु भयो। 

सिउरे डुबुल्की चरा, कल हाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो , हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरे हाँस, स्वेत माछा कलहाँस भेटिएका थिए । नेपालमा पाइने कुल चरा मध्य दुई सयभन्दा बढी प्रजातीका चरा पानीमा आश्रीत रहेको छ । यसमध्ये एक सय प्रजाति आगन्तुक चरा रहेका छन् । 

जाडोमा आउने आगन्तुक चरा नदी छेउछाउ, सिमसारमा बस्ने गर्दछ । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरूको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणना गर्ने गरिएको छ ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:०४:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology