Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मन्त्री पौडेलद्वारा जनजुक्त शाही माविको स्वर्ण जयन्तीको उद्घाटन

मन्त्री पौडेलद्वारा जनजुक्त शाही माविको स्वर्ण जयन्तीको उद्घाटन

images

इच्छाकामना न्युज

२७, पौष २०८१
मन्त्री पौडेलद्वारा जनजुक्त शाही माविको स्वर्ण जयन्तीको उद्घाटन
images

तनहुँ, पुस २१ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तनहुँको व्यास नगरपालिका-६ नेपालटारमास्थित जनजुक्त शाही माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्नुभएको छ । स्वर्ण जयन्ती मनाउने क्रममा मन्त्री पौडेलले शनिबार मुख्य कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

मन्त्री पौडेलले स्वर्ण स्तम्भको उद्घाटन र विद्यालयले प्रकाशन गरेको स्वर्ण जयन्ती स्मारिका विमोचन गर्नुभयो । स्वर्ण जयन्तीको अवसरमा पुस १७ गते देखि नै कार्यक्रम भईरहेको प्रधानाध्यापक ज्ञानेन्द्र न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले दिनुभएको जानकारी अनुसार पुस १७ देखि २२ गतेसम्म विद्यालय स्तरीय विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

यसैगरि २३ गते व्यास नगर स्तरीय माध्यामिक विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । २४ गते पुरुष मिनी म्याराथन प्रतियोगितासहित विद्यालय स्तरीय विज्ञान प्रदर्शनी सम्पन्न भएको थियो । पुस २५ गते अक्षयकोष दाताहरुबाट छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरिएको थियो । त्यस्तै, पूर्वी विद्यार्थीहरुको मिलन समारोह सम्पन्न भएको छ ।  

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:०८:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology