Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्याव्सन गोरखाको अध्यक्षमा पुनः कमल थापा चयन

प्याव्सन गोरखाको अध्यक्षमा पुनः कमल थापा चयन

images

इच्छाकामना न्युज

२७, पौष २०८१
प्याव्सन गोरखाको अध्यक्षमा पुनः कमल थापा चयन
images

गोरखा । निजी तथा आवासीय बिद्यालय (प्याव्सन) जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा पुनः कमल थापा चयन भएका छन् । शनिवार सम्पन्न १४ औं साधारण सभा तथा ७ औं अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा राजन वस्नेत, सचिवमा बाबुराम तिवारी र कोषाध्यक्षमा दिपक गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा बिनोद अर्याल, पदमप्रसाद दाहाल, प्रकाश केसी, गोमा ढकाल भट्ट, कृष्ण घले, गणेश गुरुङ, प्रदिप शर्मा, बिष्णुहरी अर्याल, बिकास थापा, योङ्ग कुमार श्रेष्ठ, सुनिता सापकोटा र दिक्पाल अधिकारी रहेका छन् । सिताराम तिवारी र जनक केसी सल्लाहकार र महाधिवेशन प्रतिनिधीमा रुपा भट्टराई चयन भएकी छन् ।

विवेक लुईटेललाई शहिद लखन गाउँपालिकाको फोकल पर्सन तोकिएको छ । त्यस्तै रमेश वडुलाई पालुङटार र किरण ढकाललाई गोरखा नगरपालिकाको फोकल पर्सन तोकिएको संस्थाले जनाएको छ ।

थापाको अध्यक्षतामा तथा गोरखा नगरपालिका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका सचिव बस्नेतले बार्षिक र कोषाध्यक्ष तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :पौष २७, २०८१ शनिवार - २०:४०:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology