Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकी गाउँपालिकाले सुत्केरीलाई ६ महिनासम्म मासिक ४ हजार रकम उपलब्ध गराउने

गण्डकी गाउँपालिकाले सुत्केरीलाई ६ महिनासम्म मासिक ४ हजार रकम उपलब्ध गराउने

images

इच्छाकामना न्युज

२८, पौष २०८१
गण्डकी गाउँपालिकाले सुत्केरीलाई ६ महिनासम्म मासिक ४ हजार रकम उपलब्ध गराउने
images

गोरखा । पोषण सुधारका लागि गण्डकी गाउँपालिकाले सुत्केरी महिलालाई ६ महिनासम्म मासिक ४ हजारका दरले रकम उपलब्ध गराउने भएको छ । शुक्रबार सम्पन्न पालिकाको १७औँ गाउँसभाबाट सुत्केरी महिलालाई मासिक रूपमा रकम उपलब्ध गराउने निर्णय भएको हो ।

मासिक रुपमा सुत्केरी महिलालाई चार हजारका दरले रकम उपलब्ध गरराउने निर्णय भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमल रेग्मीले बताए । पोषण सुधारका लागि रकम उपलब्ध गराउन लागिएको उनले बताए । ‘गाउँपालिकाले उपलब्ध गराएको रकमबाट पोषिलो खानेकुरा खानुहुन्छ, पोषणमा सुधार हुन्छ भन्ने अपेक्षा हो,’ उनले भने ।

गाउँपालिकाभित्रको स्वास्थ्य संस्थामा नियमित चेकजाँच गराउने महिलालाई रकम उपलब्ध गराउने पनि उनले बताए । सुत्केरी महिलालाई रकम उपलब्ध गराउन चालु आर्थिक वर्ष २२ लाख रुपैयाँ छुट्याइएको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए । ‘बच्चाहरुमा कुपोषणको समस्या देखियो, पोषिलो खानुकुरा खानका लागि रकम उपलब्ध गराउन लागेका हौं,’ उनले भने, ‘अहिले २२ लाख छुट्याएका छौं, अपुग भए थप हुन्छ ।’

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - १०:०५:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology