Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

किसानको उत्पादनलाई बजारिकरणमा सघाँउँदै तनहुँ महोत्सव

किसानको उत्पादनलाई बजारिकरणमा सघाँउँदै तनहुँ महोत्सव

images

इच्छाकामना न्युज

२८, पौष २०८१
किसानको उत्पादनलाई बजारिकरणमा सघाँउँदै तनहुँ महोत्सव
images

दमौली, पुस २८ । तनहुँ उद्योग वाणिज्य संघले तनहुँका किसानको उत्पादनलाई बजारीकरणको लागि मद्धत गरेको छ । शहरी आसपास मात्रै नभई जिल्लाका दशवटै पालिकाका दुर्गम क्षेत्रमा उत्पादित कृषि उपजलाई सदरमुकाम दमौलीमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइ दिएर संघले किसानलाई मद्धत गरेको हो ।

संघले पालिकासँग समन्वय गरेर निशुल्क ढुवानी र दमौलीमा बिक्रीको लागि निशुल्क स्टल उपलब्ध गराएको छ । तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाईको सह आयोजनामा पुस २५ गतेबाट सुरु गरिएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवमा यस महोत्सवमा किसान तथा घरेलु हस्तकलाका सामग्री बिक्रीको लागि ४० वटा स्टल निशुल्क उपलब्ध संघले सहयोग गरेको हो ।

‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ कृषि र पर्यटनलाई पहिलो प्राथमिकता सो संख्यामा स्टल निशुल्क उपलब्ध गराईएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गरिएको र किसानलाई निशुल्क स्टल उपलब्ध गराईएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिए । मिश्रले भने, ‘उपभोक्तालाई सिधै बिक्रीको प्रबन्ध गरेर किसानलाई फाइदा हुने व्यवस्था मिलाएका हौं ।’ बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महङ्गो मूल्यमा किनु पर्ने बाध्य भएकोले किसानलाई संरक्षण गर्न महोत्सव गरिएको मिश्रले बताए ।

मिश्रले भने, ‘उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्धेश्यले महोत्सव गर्न लागेका हौं, किसानलाई स्टलको पैसा तिर्नुपर्दैन ।’ किसानलाई बढी फाइदा होस् भनेर पालिकासँग समन्वय गरेर निशुल्क ढुवानीको व्यवस्था गर्न पहल कदमी भईरहेको मिश्रले जानकारी दिए । कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिएको छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिएको छ । महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गरिएको छ । महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवम् हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको महासचिव सुवोध अधिकारी बताउँछन् ।

तनहुँ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले दर्शक धेरै हुँदा बिक्री बढी हुने भएकोले विहान ११ बजे सम्म निशुल्क प्रवेशको व्यवस्था मिलाईएको जानकारी दिए । महोत्सवले कृषि उपजको बजारिकरणको लागि मद्धत गरेपछि किसान खुसी भएका छन् । संघले महोत्सवको आयोजना गरेर निशुल्क स्टल उपलब्ध गराएकोले बिचौलीया मार्फत नभई सिधै बिक्री गर्न पाउँदा राम्रो मूल्य पाएको व्यास नगरपालिका–११ तनहुँसुरका सुन्तला कृषक केबी थापाले बताए । महोत्सवमा आफ्नो समान राम्रोसँग बिक्री भईरहेको र प्रचारप्रचारमा समेत टेवा पुगेको व्यास नगरपालिका–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फमको सञ्चालिका कल्पना गौलीले बताइन् ।

महोत्सवकोे चौथो दिन आइतबार चर्चित गायक तथा गायिकाहरु सुप्रिम मल्ल, गायक बाबुकृष्ण परियार, बबिता किराँती, सरिता सारुले दर्शक नचाएका थिए । गायक परियारले कोदो रोप्दा लागेको पीरती र आमा बोलको गीत गाउँदा दर्शक भावुक भएका थिए ।

यसैगरी सोमबार चर्चित लोक दोहोरी गायक बद्री पँगेनी र गायिका एलिना चौहानले प्रस्तुती दिनु हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिए । यसैगरी गायिका मन्जु बिक र सुभद्रा श्रेष्ठ लगायत कलाकारले समेत सोमबार प्रस्तुति दिने मल्लले बताए ।

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - २०:४४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology