Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको आँबुखैरेनीमा पहिलो स्केट पार्कको शुभारम्भ

तनहुँको आँबुखैरेनीमा पहिलो स्केट पार्कको शुभारम्भ

images

इच्छाकामना न्युज

२८, पौष २०८१
तनहुँको आँबुखैरेनीमा पहिलो स्केट पार्कको शुभारम्भ
images
आँबुखैरेनी, २८ पौष । तनहुँको आँबुखैरेनीमा नयाँ स्केट पार्क संचालनमा आएको छ । यो स्केट पार्क आँबुखैरेनीमा पहिलोपटक हो । छिमेकी जिल्ला गोरखाका युवा व्यावसायी विकाश कुमालको एकल लगानीमा आँबुखैरेनी गाउँपालिका-३, स्थित पुरानो मनकामना माई चलचित्र हल भएको भवनमा नयाँ स्केट पार्क संचालनमा आएको हो ।
 
उक्त स्केट पार्कको आँबुखैरेनी गाउँपालिका-३, का वडाध्यक्ष दिनेश केसीले आइतबार उद्घाटन गरेका छन ।
युवा व्यावसायि कुमालले आँबुखैरेनीमा एउटा नयाँ खेल भित्र्याएर यस क्षेत्रको खेल बिकासमा टेवा पु¥याउने र स्केट खेलले यस क्षेत्रमा नयाँ आयाम थप्ने वडाध्यक्ष केसीले बताए ।
एकैपटकमा ५० जनाले स्केट खेल्न सक्ने छन, भने ५ हजार स्क्वायर फिट रहेको स्केट पार्कमा प्रतिघण्टा १५० रुपैयाँँको दरले शुल्क तिरेर स्केट खेल्न सकिने व्यवस्था मिलाईएको संचालक विकाश कुमालले जानकारी दिए ।
 
स्केट एक साहसी खेल भएकोले मनोरञ्जनको साथ साथै किशाेर किशाेरी तथा बालबालिकाहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउन सहयोग पुर्याउने उदेश्यले आँबुखैरेनी स्केट पार्कको शुभारम्भ गरिएको संचालक कुमालले बताए ।

images
प्रकाशित मिति :पौष २८, २०८१ आइतवार - २३:५८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology