Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँको थप्रेकमा माघ ९ गते क्होइबो शिलान्यास हुँदै

तनहुँको थप्रेकमा माघ ९ गते क्होइबो शिलान्यास हुँदै

images

इच्छाकामना न्युज

२९, पौष २०८१
तनहुँको थप्रेकमा माघ ९ गते क्होइबो शिलान्यास हुँदै
images

२९ पुस, पोखरा । तनहुँ, शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ थप्रेकको देवीथान डाँडामा तमु जातिको मौलिक धर्म, संस्कार संस्कृतिसँग जोडिएको धार्मिक आस्थाको धरोहर तमु प्ये ताँ ल्हु ताँ को प्रतीक पवित्र क्होइबो निर्माणका लागि आगामी माघ ९ गते बुधबार गण्डकी प्रदेश सरकार आर्थिक मामिला मन्त्री माननीय डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा शिलान्यास कार्य हुँदैछ ।

तमु प्ये ल्हु संघ, जिल्ला इकाई समिति थप्रेक, तनहुँको आयोजनामा शुक्लागण्डकी नगरपालिका-१ थप्रेक देवीथानमा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङको बाहुलीबाट क्होइबोको शिलान्यास गर्ने भएको हो ।

तमु प्ये ल्हु संघ प्रवास शाखा यूकेका प्रथम उपाध्यक्ष पूर्णवीर प्हच्यु तमु पारिवारिक भेटघाटका लागि मातृभूमि नेपाल आएको बखत उहाँको विशेष पहलमा थप्रेकको देवीथानमा क्होइबोको शिलान्यास कार्यक्रम राखिएको स्थानीय गुन्ज बहादुर प्हच्यु तमु र इन्द्रामाया प्हच्यु तमुले बताउँछन् ।

यसै सिलसिलामा हिजो पुस २८ गते आइतबार तमु प्ये ल्हु संघ, इकाई समिति थप्रेक तनहुँका अध्यक्ष नुनुमाया तमुद्वारा हस्ताक्षरित पत्र तमु प्ये ल्हु संघ केन्द्रलाई प्राप्त भएको छ । तमु प्ये ल्हु संघ केन्द्रलाई आएको पत्रमा उल्लेख बेहोरा अनुसार केन्द्रका मातहतका भातृ संगठनहरु, गण्डकी प्रदेश समिति, जिल्ला समिति कास्की लगायत भातृ संगठनहरुलाई माघ ९ गते बुधबार बिहान ११ बजे हुने थप्रेकको क्होइबो शिलान्यास कार्यक्रममा आफ्नो मौलिक भेषभुषामा उपस्थित भइ कार्यक्रमको शोभा बढाईदिन समेत अनुरोध गरिएको छ ।

यसैगरी हिजो पुस २८ गते आइतबार तमु प्ये ल्हु संघ, यूकेका प्रथम उपाध्यक्ष पूर्णवीर प्हच्यु तमुलाई तमु प्ये ल्हु संघ परिवार पोखराले फलिना क्होइबोमा स्वागत सम्मान गरेका छन् ।

यसैबीच प्रथम उपाध्यक्ष पूर्णवीर प्हच्यु तमुले आफुलाई पोखरामा स्वागत गरेकोमा पोख्रेलीलाई धन्यवाद दिंदै तमु प्ये ल्हु संघ इकाई समिति थप्रेकले आयोजना गर्न लागेको माघ ९ गतेको क्होइबो शिलान्यास कार्यक्रमबारे जानकारी दिंदै तमु प्ये ल्हु संघ परिवार पोखराबाट बाक्लो उपस्थितिको अपेक्षा सहित उपस्थितिका लागि हार्दिक अनुरोध पनि गरेको छ ।

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १८:२८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology