Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गायक बद्री पँगेनी र एलिना चौहानको प्रस्तुतिमा तनहुँ महोत्सवमा झुमे दर्शक

गायक बद्री पँगेनी र एलिना चौहानको प्रस्तुतिमा तनहुँ महोत्सवमा झुमे दर्शक

images

इच्छाकामना न्युज

२९, पौष २०८१
गायक बद्री पँगेनी र एलिना चौहानको प्रस्तुतिमा तनहुँ महोत्सवमा झुमे दर्शक
images

दमौली, पुस २९ गते । तनहुँको दमौलीमा जारी नवौ तनहुँ महोत्सव– २०८१ मा सोमबार गायक बद्री पँगेनी र एलिना चौहानले दर्शकलाई मन्त्र मुग्ध पार्नुभयो ।

FB_IMG_1736775668182.jpg

महोत्सवको पाँचौै दिन उहाँहरुको गीत सुन्न दर्शकको भीड लागेको थियो । गायक पँगेनीले जात र धर्मको आधारमा भेदभाव नगर्न गीतको माध्यमबाट आग्रह गर्नु भएको थियो । साथै गायक पँगेनीले जनप्रतिनिधी तथा नेताहरुलाई देशमै रोजगार सिर्जना गरेर बिदेशिनु पर्ने बाध्यताको अन्त्य गीत मार्फत आग्रह गर्नु भएको थियो ।

गायक पँगेनीले ‘‘कला चल्यो, गला चल्यो मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी भान्से चलने…’’ बोलको गीत गायक छुवाछुत बिरुद्धको गीत गाउनु भयो । नेता तथा जनप्रतिनिधीलाई रोजगारीको योजना बनाउन आग्रह गर्दै गायक पँगेनीले ‘‘ बिदा पाउँदिन,अहिलेको सालमा आमाघर आउन पाउँदिन…’’ गीत गाउँनुभयो । साथै ब्रदीले धर्मको आधारमा भेदभाव नगर्न आग्रह गर्दै हाल चर्चामा आईरहेको तिम्रो तुला रै’छ मेरो राशी कन्या , कस्तो जोडी जुर्‍याईदिऔं धन्य अल्ला धन्य…’ बोलको दर्शकलाई नँचाउनुभयो । आधा दर्जन गीतहरु गाएका बद्रीले ‘रातो पछेउरी’, ‘ससुरालीमा’ लगायतका गीतमा छमछमी नचाउनुभयो ।

FB_IMG_1736775670934.jpg

एलिनाको के माया लाग्छर ? उधुमै लाग्छनी’, ‘कट्टा हान्दिन्छु’, छुनुमुनु हौ तिमी लगायतका गीत गाउँदा दर्शक रोमान्टिक बनेका थिए । महोत्सवमा गायिका मन्जु बिक पनि बेजोड प्रस्तुति रहेको थियो ।

FB_IMG_1736775664645.jpg

माघ १ गते गायक तथा गायिकाहरु सञ्जिव सिंह, सिर्जना खत्री, सम्झना लामिछाने, लगायतको प्रस्तुति हुने भएको छ । मगर समुदाय विहान १० बजे दमौली बजारमा सास्कृति र्‍याली निकालेर महोत्सवमा प्रवेश गर्नेछन् । साँझ कुमार सागर ब्याण्डको कन्सर्ट राखिएको छ ।

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १९:२४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology