Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

भूमि समस्या समाधान आयोग गोरखाको अध्यक्षमा पन्त

भूमि समस्या समाधान आयोग गोरखाको अध्यक्षमा पन्त

images

इच्छाकामना न्युज

२९, पौष २०८१
भूमि समस्या समाधान आयोग गोरखाको अध्यक्षमा पन्त
images

गोरखा । भूमि समस्या समाधान आयोग जिल्ला समिति गोरखाको अध्यक्षमा राजनराज पन्त नियुक्त भएका छन् । सोमवारको मन्त्रीस्तरीय निर्णय अनुसार उनी अध्यक्षमा नियुक्त भएका हुन् ।

भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम पन्तलाई गोरखाको अध्यक्षमा नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।

उक्त आदेशको दफा ८ का उपदफा (३) बमोजिमको पदावधि कायम हुने सचिव अर्जुनप्रसाद पोखरेलले बताए । उनले सपथ समेत लिएका छन् । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पन्तसहित ७१ वटा जिल्लाका अध्यक्षहरुलाई सपथ गराएका हुन् ।

आयोगका सदस्यहरु केही दिनमा नियुक्त गर्ने र उनीहरुको सम्बन्धित प्रदेशमा सपथ ग्रहण कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आयोगका जिल्ला अध्यक्षहरूलाई ३ वर्षभित्र जिल्लामा देखिएका भूमि समस्या स्थायीरूपमा समाधान गर्ने गरी काम गर्न निर्देशन समेत दिएका छन् ।

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - २०:११:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology