गोरखा,१ माघ । हरमटारी क्लब गोरखाले ११ औं शहीद लखन हिमालयन देवि कप २०८१ को उपाधी हात परेको छ ।
फाइनल खेलमा राइनस ब्याईजलाई हराउदै हरमटारी क्लबले उपाधी हात पारेको हो ।
निर्धारित समयमा दुबै टोलिबाट कुनै पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
पेनाल्टी सुट आउटमा ५-३ गोल अन्तरले पराजित गर्दै हरमटारी क्लबले छैटौं पटक उपाधी जित्न सफल भएको छ ।
उपाधी संगै हरमटारी क्लबले नगद रु. १ लाख ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता राइनस ब्याईज जुग्दीले नगद रु. ७५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।